सामूदायिक वनहरू आयमूलक, मनोरञ्जनात्मक, वातावरण मैत्री तथा उपभोक्ता मैत्री हुनु पर्नेमा जोड–रेणु दाहाल
नवजागृति सामुदायिक वन उपभोक्ता समूहकोे २१ औं साधारणसभा तथा सातौं परिषद् भेलालाई प्रमुख अतिथिको रुपमा पौष २३ गते शनिबारका दिन सम्बोधन गर्दै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले सामूदायिक वनहरु आयमूलक, मनोरञ्जनात्मक, वातावरणमैत्री तथा उपभोक्तामैत्री हुनु पर्नेमा आफ्नो राय व्यक्त गर्नुभएको थियो । सामूदायिक वनलाई मनोरञ्जनात्मक तथा आयमूलक बनाउनमा वन क्षेत्र वरिपरि बनाईएका पार्क, पिकनिक स्थल, बालमैत्री ईको पार्क लगायतका पर्यटकीय हिसाबले महत्व राख्ने खालका व्यबसायलाई सहयोग हुने र वनउपभोक्ताहरुको आयआर्जनका लागि आर्थिक सहयोग हुने खालका प्रोजेक्टहरुले पर्यटकको खुशी थप्नेदेखि व्यक्तित्व विकासका कामसम्ममा उपयोगी हुने त्यस्तै सामूदायिक वनहरुको सकृयतामा हुने विभिन्न खाले तालिम तथा व्यबसायिक अभिबृद्धि हुने खालका कार्यव्रmमले समुदायको हित प्रबद्र्धन हुनेसम्मका कुरामा आफु ढुक्क रहेको भनी बताउनुभएको थियो । आफू यस नवजागृति सामूदायिक वन उपभोक्ता समितिसँग परिचित तथा नजिकबाट जानाकार रहेको र यसका कार्यव्रmमहरुमा हरसम्भव रुपमा सहभागिता जनाई रहेको पनि जनाउनुभयो । सामूदायिक वनहरुलाई मेरोतर्फबाट हरसम्भव सहयोग रही रहेको र यसका लागि सधैं तत्पर रहेको भन्दै जनमानसबाट आएका हरेक गुनासाहरुको क्रमिक रुपमा सम्बोधन गरिने पनि बताउनुभयो ।
यो सामूदायिक वन वडा नम्बर ११ मा रहेको हँुदा यहाँका जनता तथा प्रतिनिधिहरुबाट आएका गुनासाहरु यसै कार्यक्रबाट पनि सम्बोधन गर्न सकिने भएको हुँदा यस वडामा डुबानको समस्या समाधानका लागि व्यक्तिगत रुपमा र संस्थागत रुपमा लागिपरेको केरुङ्गा ड्रन व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश र संघ समेत तिनै तहका सरकारको प्राथमिकताको आधारमा विशेष वा समपुरक अनुदानमा काम गर्ने गरी योजना अगाडि बढीरहेको कुरा पनि बताउनुभयो त्यसका लागि एकिकृत हिसाबले भरतपुर महानगरभरिको समस्या समाधान हुने गरी इन्डियन कम्पनीको ठेकेदारलाई ३ अरबको ठेक्का परिसकेको आगामि असार÷श्रावणबाट कामको पनि थालनी हुने, त्यसमा दिगो विकासका लागि ड्रेनसहितको ढल र आधुनिक किसिमको चौडा बाटो विस्तार, बीचमा वातावरणीय हिसाबले महत्व राख्ने खालको व्यबस्था र दुबैतर्फ बाटोको अबस्था, आधारक्षेत्र, किसिम सबैलाई हेरेर ६ लेन, ४ लेन र २ लेनका गरी समय सापेक्ष विकासको लागि महानगरपालिका अगाडि बढिरहेको पनि बताउनु भयो । यसै प्रसङ्गमा कुरा थप्दै गोन्द्राङ्ग चौविसकोठी, नारायणगढ सडक ५० मीटरको चौडाईमा बनाउनको लागि पुरानो योजना अनुसार सडक कार्यालयले संघीय सडक विभागको काम अन्तर्गत काम अगाडि बढाई रहेकोमा महानगरले स्थानीय सरकारको दायित्व पूरा गर्दै समन्वयकारी भूमिका मात्र पूरा गरेको त्यसमा पनि नियम विपरित रहेका घर, टहरा तथा बनाईएका घरका बार्तली, वरण्डा लगायतका स्थानहरुमा मात्र डोजर लगाउने घरको पिल्लरलाई असर नगर्ने गरी मात्र अगाडि बढ्ने भन्ने महानगरको स्पष्ट धारणा सडक कार्यालयलाई अवगत गराई त्यसै अनुसार काम गर्न र कार्यान्वयनमा जान साथ र सपोर्ट गरेको, क्षति भएको ठाउँलाई र थप क्षति हुनबाट बचाउनको लागि के गर्ने र कसरी बच्ने, अब कसरी अगाडि बढ्ने विदेशका शहरहरु जस्तै कसरी हाम्रो शहर पनि आर्कषक
बनाउने भन्ने कुरा सबैसँग सरसल्लाह गरेर एउटा रणनैतिक कार्ययोजना बनाएर अगाडि बढिने पनि बताउनुभयो ।
मुख्य सडकहरुलाई नगरविकासको योजना अनुसार नै अगाडि बढाउनु पर्ने तथा अन्य सडकहरुलाई के कसरी विस्तार गर्ने ३५ दिने सूचनाको हकमा पनि प्रत्येक टोल तथा वडाबाट आएका राय सल्लाहका आधारमा अगाडि बढ्दै जाने सकेसम्म सडक विस्तारलाई योजना अनुसार नै विस्तार गरी सबैको समस्या समाधान हुने किसिमले नियम भन्दा बाहिरका कामहरुलाई बन्द गराउने सार्वजनिक जग्गालाई स्थानीय सरकारको अधिनमा ल्याइ त्यसलाई उचित प्रयोगमा लैजादै जाने भन्ने योजना पनि रहेको बताउनु भयो । वडा नम्बर ११ मा राम्रो वडा कार्यालय नभएको हँुदा वडा कार्यालय बनाउनको लागि वडाले जग्गाको व्यवस्थापन गर्ने वा न्युनतम मूल्य निर्धारण गरी बजेटको माग गर्ने गरेमा महानगरको तर्फबाट वडा कार्यालय बनाउने बजेटको व्यवस्था मिलाइदिन सकिने पनि बताउनु भएको थियो ।
नव जागृति सामूदायिक वन उपभोक्ता समूहको २१ औं साधारणसभा तथा सातौं परिषद् भेलामा समूहका अध्यक्ष देव कुमार गुरुङ्गको सभापतित्वमा भएकोथियो भने कार्यव्रmम सञ्चालन संस्थाका सचिब विष्णु सापकोटाले गर्नु भएको थियो । स्वागत भाषण उपाध्यक्ष नारायण खड्काले गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष इश्वरी आचार्यले र कार्य प्रगति प्रतिवेदन संस्थाका सचिब विष्णु सापकोटाले पेश गर्नुभएकोमा परिषद् सदस्यहरुले ताली बजाएर समर्थन जनाउनु भएको थियो । उक्त सभामा वडा नम्बर ११ का वडाध्यक्ष कमल मल्ल, नेपाली काङ्ग्रेसका वडा सभापति अमर बहादुर लामा, नेकपा एमाले वडाध्यक्ष प्रकाश आचार्य, माओवादी वडा प्रतिनिधि शालिग्राम सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि विक्रम श्रेष्ठ, रा प्र पा प्रतिनिधि, संस्थाका कानुनी सल्लाहकार पूर्ण चन्द्र चापागाई, सल्लाहकार ज्ञानेन्द्र गिरी, तेजेन्द्र खड्का, पुस्तक गौतम, श्रीप्रकाश कडेल, प्रदेश सभासद इश्वर सापकोटा लगायतको आथित्यतामा सभा भएको थियो । भेलामा वडाबाट नवनिर्वाचित सभासद लगायत प्रमुख अतिथि, अतिथिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । सामुदायिक वनको क्षेत्रभित्र रहेका अति बिपन्न परिवार मध्येबाट छनौट गरि ११ वटा ठेला गाडा पनि सामुदायिक वनको बार्शिक उत्सबको उपलक्ष्यमा प्रदान गरिएको थियो ।







