Wednesday, May 20, 2026

Spread the love

सवारी दुर्घटना न्यूनिकरणको लागि टायम कार्ड लागु

चाडपर्व नजिकिएसंगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तिब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन समेत बढ्न गई हुन सक्ने सवारी दुर्घटनालाई न्युनिकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टायम कार्ड लागु गरिएको छ । सिन्धुली जिल्ला हुँदै जाने विपि राजमार्ग स्थित भिमान देखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टायमकार्ड लागु भएकोमा चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखी लागु भएको हो ।
थप टायमकार्ड लागु भएका राजमार्गहरुमा मुग्लिङ नारायणगढ खण्ड, पुर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडा देखि चितवन सम्म, त्यसैगरी पृथिवि राजमार्गको खानीखोला धादिङ देखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटार देखि काभ्रेमञ्ज्याङ सम्म थप गरिएको हो । टायमकार्ड लागु गरिएका उल्लेखित राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाईएकाे जिल्ला प्रहरी कार्यलयबाट जनाएकाे छ ।