समाचार

मालपोत ऐनमा भएका व्यवस्था र संशोधनलाई आधार बनाउँदै मन्त्रालयकाे निर्देशन

Spread the love

सुरेस कुमार थपलिया


काठमाडौं । भूमि व्यवस्था, सहकारी, सशक्तीकरण तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकालाई भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहमार्फत सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयको भूमि व्यवस्थापन शाखाले २०८३ कात्तिक १६ गते जारी गरेको पत्रमा आगामी एक महिनाभित्र बाँकी सबै स्थानीय तहबाट अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न आग्रह गरिएको छ।


मन्त्रालयका अनुसार स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने विषयमा यसअघि नै मन्त्रीस्तरीय निर्णय भई सूचना प्रकाशित भइसकेको छ। सेवा सञ्चालनका लागि देशभरका २२५ स्थानीय तहबाट आशयपत्र प्राप्त भएकोमा हालसम्म १ उपमहानगरपालिका, २० नगरपालिका र १२ गाउँपालिकाबाट सेवा सञ्चालन भइरहेको पत्रमा उल्लेख छ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, भूमि सम्बन्धी ऐन तथा मालपोत ऐनमा भएका व्यवस्था र संशोधनलाई आधार बनाउँदै मन्त्रालयले यस्तो निर्देशन दिएको हो।