समाचार

पीआर त्यागेको समय र जापानसँगको उनको सम्बन्धबारे थप प्रश्न?

Spread the love

जापानको स्थायी बसोबास अनुमति (पीआर) त्यागेको विषय र नेपालको संविधानको धारा २९१ अनुसार उनको योग्यतामाथि प्रश्न उठेपछि सुनुवाइ प्रक्रिया रोकिएको थियो।जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार स्वार्थको द्वन्द्वको प्रश्न उठेपछि थापाले यस्तो निर्णय गरेका हुन्।

थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, सांसदहरूले पीआर त्यागेको समय र जापानसँगको उनको सम्बन्धबारे थप प्रश्न उठाएका थिए।