समाचार

उद्देश्य मूल्याङ्कन गर्ने मापदण्ड पुनरावलोकन गर्ने तयारि

Spread the love

अध्ययन अवधिका आधारमा शिक्षण शुल्क र जीवनयापन खर्चको निश्चित रकम अस्ट्रेलियाको बैंकमा एक वा तीन महिनाअघि जम्मा गर्नुपर्ने विकल्प छन्। ऋण, छात्रवृत्ति र बचतबाट क्षमता प्रमाणित गर्ने अर्को विकल्प पनि राखिएको छ।

अस्ट्रेलियाले विद्यार्थी भिसामा आर्थिक स्रोतको प्रमाणसँगै रकम वास्तवमै प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने जाँच कडा बनाउने प्रस्ताव गरेको छ। अक्टोबर ३० मा सार्वजनिक छलफलपत्रमा आर्थिक क्षमता प्रमाणित गर्ने चार विकल्प प्रस्तुत गरिएको छ।

विद्यार्थीको शैक्षिक पृष्ठभूमि, विषय छनोट र अध्ययनको उद्देश्य मूल्याङ्कन गर्ने मापदण्डसमेत पुनरावलोकन गर्ने तयारी छ। यी प्रस्ताव हुन्; कुन व्यवस्था लागू गर्ने भन्ने सरकारले टुङ्ग्याएको छैन।