छट्टु स्याल साेझाे भालु
एका जङ्गलमा एउटा छटु स्याल थियो र त्यहा एउटा भालु पनि बस्दथो ।भालु सधै आफ्नो दुख गरेर बालबच्चा पाल्दथो ,स्याल भने सघै धुर्त र फटाहा मात्रै गर्दथो । अचानक एकदिन दुबैको जम्का भेट भयो ।दुख साटा साट गर्न थाले । बिचारा भालु आफुलाइ जिबन जिउन निकै समस्य परेको बतायो ।त्यहि मैका छोपि स्यालले कुटिल चाल चल्न थाल्यो र भयो अब हामिले खेतिपाति गरौ र जीबिका चलाउ भन्यो ।
दुबैले सहमतिमा अगाडि बढे बिचारा भालुले निकै दुख गरि बाजो बारि खनजोत गर्यो ।स्यालले गाउतिर गएर धानको बिउ ल्यायो ।धान रोपाइँ भयो । उत्पादन पनि राम्रो भयो अनि स्यालले पाप सोच्यो र भालुलाइ भन्यो ,भालुदाइ तिमि जमिन मुनिको खाउ म माथिको खान्छु ।सोझो भालुले मान्यो । अन्न जति स्यालले खायो बिचारा भालु झरेको अलि अलि अन्न खायो । भालु निकै रिसायो । स्यालले समझाउदै अब नया खेति गर्ने भन्यो र फकायो
दोस्रो पटक स्यालले आलु रोप्ने सल्लाहा गर्यो र आलु रोप्यो ।अालु तयार भएपछि फेरि उसले भालुलाइ भन्यो तिमि जमिन माथिको खानु म जमिन तलको खान्छु भन्यो बिचारा भालुले मान्यो । स्यालले मज्जाले आलु खायो बिचारा भालु जिल्लाराम भयो । भालु निकै रिसायो अनि फेरि स्यालले सम्झायो र फेरि नया खेति गर्ने भन्यो ।
तेस्रो पटक फेरि भालुले खेत खनजोत गर्यो अनि स्यालले मकैको बिऊ ल्यार रोप्यो अनि मैकै राम्रो फल्यो स्यालले यस पटक पनि भालुलाइजिल्याउने उपाय सोच्यो र भालुलाइ सम्झाउदै भन्यो पहिला तपाईंलाइ धेरै अन्वाव भयो अहिले तिमिले जमिन तलको नि खानु र टुप्पोको पनि खानु । भालु मख्ख भयो । स्यालले मज्जाले मकैको घोगा धोगा खायो बिचारा भालु यसपालि पनि नराम्राे सँग झुक्कियाे ।
