सबैभन्दा कम समय दिइएको भन्दै तालिका व्यवस्थापनमाथि प्रश्न -लियोनेल स्कालोनी
प्रशिक्षक लियोनेल स्कालोनीले विश्वकपको खेल तालिकामाथि गम्भीर असन्तुष्टि जनाएका छन्।केप भर्डेविरुद्ध अतिरिक्त समयमा ३–२ को कठिन जित निकालेपछि अर्जेन्टिनाले अन्तिम–१६ मा इजिप्टसँग खेल्न साढे तीन दिन मात्र विश्राम पाएको छ।अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले विश्वकपको खेल तालिकामाथि गम्भीर असन्तुष्टि जनाएका छन्।
कप्तान लियोनेल मेसी शारीरिक रूपमा चुनौतीमा रहेका छन् भने एन्जो फर्नान्डेज र फाकुन्डो मेडिना क्र्याम्पको समस्याबाट पीडित छन्।मियामीमा आएको आँधीका कारण प्रशिक्षणसमेत प्रभावित हुँदा टोलीको तयारीमा असर परेको छ।स्कालोनीले ‘सबैभन्दा धेरै विश्राम आवश्यक भएको बेला सबैभन्दा कम समय दिइएको’ भन्दै तालिका व्यवस्थापनमाथि प्रश्न उठाएका छन्।
