हरियो रङमाथि नीलो रङ पोत्नुलाई परिर्वतन मान्न नसकिने -रक्षा बम

Spread the love

सबिना प्रजा

निर्वाचन आयोग तथा विभिन्न विश्वविद्यालयमा नयाँ नेतृत्व नियुक्त गर्दा एक जना पनि महिला तथा सीमान्तकृत समुदायका प्रतिनिधिलाई स्थान नदिइएको आरोप लगाइन्। जेनजी आन्दोलनकी अगुवा रक्षा बमले वर्तमान सरकारले दलित, महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनका अनुसार निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्तहरूको सिफारिस तथा विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति हुँदा महिला नेतृत्वलाई बेवास्ता गरिएको छ। साथै, सीमान्तकृत समुदायको प्रतिनिधित्वसमेत नदेखिएको उनको भनाइ छ। रक्षा बमले सरकारले संसदबाट दलित समुदायसँग माफी मागे पनि व्यवहारमा राज्यका महत्वपूर्ण निकायमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको टिप्पणी गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “सरकारले हरियो रङमाथि नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो भने त ठीकै छ। होइन भने, पात्र मात्र फेरिने तर नेतृत्वशैली नफेरिने परिवर्तन हामीले खोजेका होइनौँ।” रक्षा बमको अभिव्यक्ति सरकारका नियुक्ति प्रक्रियाप्रति गरिएको आलोचनाका रूपमा आएको हो। यस विषयमा सम्बन्धित सरकारी निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन