चितवन राष्ट्रिय निकुञ्ज सेना वडा कार्यलय स्थानीय समुदाय उपस्तिथिमा सहमति
जंगली हात्तीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग राख्दै भरतपुर-२३ का वडा अध्यक्ष दीपक दवाडीको नेतृत्वमा स्थानीयले आइतबार मध्यरातिदेखि मृतकको शवसहित चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा धर्ना दिएका थिए।महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको दुःखद मृत्यु हुनेमा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे रहेका छन्। जंगली हात्तीले घरमै आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
पछि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नयाँ गोरखा गण, वडा नं. २३ कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समितिसहित सरोकारवालाबीच भएको छलफलपछि चारबुँदे सहमति भएको छ।
१. हात्ती लाई तत्काल नियन्त्रण लिन आवस्यक काम गर्ने
२. चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने
३. चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको घर निर्माण गराउने
४. मानव बन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल आवस्यक काम गर्ने
