समाचार

वाइडबडी जहाज केही समय ग्राउन्डेड हुँदा विभिन्न अन्तर्राष्ट्रिय उडान प्रभावित

Spread the love

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा कालाखेतीले निगमका ५ जना वाइडबडी क्याप्टेनले सेवासुविधाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको जानकारी दिएका छन्। राजीनामा स्वीकृत भए वाइडबडी उडान सञ्चालनमै समस्या आउन सक्ने उनको भनाइ छ।उच्च ब्याजदरको ऋण, जहाज विस्तारमा ढिलाइ र प्राविधिक जनशक्तिको अभावका कारण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दबाबमा परेको निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बताएका छन्।

निगममाथि ऋणको ब्याजभार पनि ठूलो रहेको बताइएको छ। ऋण पुनर्संरचना हुन नसक्दा आर्थिक दबाब बढेको भन्दै उनले सरकारी पहल र निगमको पुनर्संरचना आवश्यक रहेको बताएका छन्।

यसैबीच, निगमका दुवै वाइडबडी जहाज केही समय ग्राउन्डेड हुँदा विभिन्न अन्तर्राष्ट्रिय उडान प्रभावित तथा रद्दसमेत भएका थिए।