ध्रुव राज राईकाे भनाई जस्तै सरकार ढल्ला त?
भोजपुर–१ बाट निर्वाचित राई श्रम संस्कृति पार्टीका सांसद हुन्। संसद्को आधिकारिक विवरणअनुसार असोज १५ गतेको प्रतिनिधिसभा बैठकमा उनी उपस्थित थिए।प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले ‘यो सरकार नढलोस्’ भन्दै तीन महिनापछि फेरि भेट हुने अपेक्षा व्यक्त गरेका हुन्।बर्खे अधिवेशनको अन्तिम दिन श्रम संस्कृति पार्टीका सांसद ध्रुव राज राईले सरकारलाई लिएर रोचक धारणा राखेका छन्।
अधिवेशनको अन्तिम दिन उनले सरकार आगामी समयसम्म कायम रहोस् भन्ने आशय व्यक्त गर्दै तीन महिनापछि पुनः भेट हुने बताएका हुन्।
