समाचार

होनहार खेलाडीहरू भविष्यको खोजीमा विदेशिन थालेसँगै नेपाली खेलकुदमा प्रतिभा पलायन

Spread the love

एपीएफको जर्सीमा प्रभावशाली प्रदर्शन गर्दै आएका सुरेन्द्र के शि लाई नेपाली भलिबलको सम्भावनायुक्त खेलाडीका रूपमा हेरिँदै आएको थियो। नेपाली भलिबलको अर्को प्रतिभा विदेशियो! एपीएफका स्टार स्पाइकर सुरेन्द्र केसी अस्ट्रेलिया प्रस्थानउ नको खेल क्षमता र निरन्तरको मेहनतका कारण आगामी दिनमा राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो। विभागीय टोली नेपाल एपीएफ क्लबका भलिबल खेलाडी सुरेन्द्र केसी अस्ट्रेलिया प्रस्थान गरेका छन्। उत्कृष्ट स्पाइक, फिटनेस र डिफेन्सका लागि परिचित केसीले देशका लागि खेल्ने आफ्नो यात्रालाई पछि छाड्दै विदेश रोजेका हुन्।

तर, खेलकुदमा दीर्घकालीन करिअर र आर्थिक सुरक्षाको स्पष्ट आधार नदेखिएपछि आफू अस्ट्रेलिया जान बाध्य भएको उनको यात्राले देखाएको छ।होनहार खेलाडीहरू रोजगारी र भविष्यको खोजीमा विदेशिन थालेसँगै नेपाली खेलकुदमा प्रतिभा पलायन र खेलाडीको भविष्यबारे गम्भीर बहस आवश्यक भएको देखिएको छ।