रुखमुनि बस्न वा काम गर्न नजान सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह

Spread the love

घोराही उपमहानगरपालिका–९ मछाहीमा शनिबार साँझ करिब ५ः४५ बजे धान रोपिरहेका बेला परेको चट्याङबाट बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी २६ वर्षीया दीपा थापा गम्भीर घाइते भएकी थिइन्। दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। उनलाई तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा २९ वर्षीया कमला थापा र २४ वर्षीय सन्दीप विक पनि घाइते भएका छन्। प्रहरीका अनुसार कमलाको अवस्था गम्भीर रहेको छ भने सन्दीपको अवस्था मध्यम छ। दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।वर्षायामसँगै चट्याङको जोखिम बढ्दै गएको भन्दै मौसम प्रतिकूल हुँदा खुला स्थान, खेतबारी तथा अग्ला रुखमुनि बस्न वा काम गर्न नजान सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।