सास्ती दिने प्रवृत्ति तत्काल हटाएर जनमैत्री सेवा दिन निर्देशन – गृहमन्त्रि

Spread the love

नागरिकलाई सास्ती दिने प्रवृत्ति तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्।मोरङस्थित जिल्ला प्रशासन कार्यालयको निरीक्षणका क्रममा उनले युवराज कट्टेललाई प्रक्रियागत झन्झट हटाएर जनमैत्री सेवा दिन निर्देशन दिएका हुन्। सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने प्रवृत्ति तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। उनले ‘सेवाग्राही कुद्ने होइन, कर्मचारी कुद्नुपर्छ’ भन्दै एउटै झ्यालबाट सेवा दिने व्यवस्था गर्न जोड दिएका छन्।

विराटनगरको गर्मीलाई ध्यानमा राख्दै सेवाग्राहीलाई घाममा राख्ने प्रचलन अन्त्य गरी टोकन प्रणाली लागू गर्न निर्देशन दिइएको छ।उत्कृष्ट काम गर्ने कर्मचारीलाई मूल्याङ्कन गर्ने र काम नगर्नेहरूलाई कारबाही गरिने चेतावनी समेत उनले दिएका छन्।साथै, सेवाग्राही र कर्मचारीका लागि फरक–फरक शौचालयको अवस्थाप्रति आपत्ति जनाउँदै तत्काल सुधार गर्न आदेश दिएका छन्।