समाचार

विपद् प्रभावित रसुवा र नुवाकोटमा संवाद चियाको राहत

Spread the love

प्राकृतिक विपद्बाट प्रभावित रसुवा र नुवाकोटका परिवारलाई मानवीय सहायता पुर्‍याउने उद्देश्यले ग्रिन गोल्ड प्रालिले आफ्नो ‘संवाद’ ब्रान्डको चिया राहतस्वरूप वितरण गरेको छ। कम्पनीले २०८३ असोज ८ गते विपद् प्रभावित क्षेत्रमा राहत वितरणका क्रममा चियाको अभाव नहोस् भन्ने उद्देश्यले आधा किलोका १ हजार डब्बा चिया वितरण गरेको हो।


ग्रिन गोल्ड प्रालिका प्रबन्ध निर्देशक शम्भु राउतका अनुसार रसुवाका १३२ परिवारसहित रसुवा र नुवाकोटका गरी करिब १ हजार घरपरिवारलाई राहतस्वरूप चिया वितरण गरिएको हो। प्राकृतिक विपद्का कारण घरपरिवार प्रभावित भई दैनिक उपभोग्य सामग्रीको आवश्यकता बढिरहेका बेला चियासमेत राहत सामग्रीका रूपमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।


विपद्को समयमा पीडित परिवारलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीसँगै चिया पनि दैनिक जीवनमा उपयोगी हुने भएकाले मानवीय सहयोगका रूपमा वितरण गरिएको राउतले बताए। कम्पनीले विपद्बाट प्रभावित नागरिकको कठिन अवस्थामा सकेसम्म सहयोग गर्ने उद्देश्यले राहत वितरण गरेको जनाएको छ। ‘संवाद’ चियाको राहतले प्रभावित परिवारलाई केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सामाजिक सेवा, मानवीय सहायता तथा मानव अधिकारको क्षेत्रमा सक्रिय सम्भु राउत पछिल्लो समय सामाजिक अभियानमा निरन्तर क्रियाशील रहँदै आएका छन्। राउत मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ। मानव अधिकारको संरक्षण, सामाजिक न्याय तथा विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने अभियानमा उहाँको सक्रियता देखिँदै आएको छ।


प्राकृतिक विपद् तथा संकटका समयमा पीडित नागरिकलाई राहत तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउन विभिन्न सामाजिक अभियानमा सहभागी हुँदै आएका राउतले समाजमा मानवीय भावना र सहयोगको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ। उहाँले सामाजिक अभियन्ताका रूपमा विभिन्न जनचेतनामूलक तथा मानवीय गतिविधिमा समेत सहभागिता जनाउँदै आउनुभएको छ।


मानव अधिकारको सम्मान, विपद् प्रभावितको सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्ने धारणा राख्ने राउतको सक्रियतालाई सामाजिक क्षेत्रमा सकारात्मक योगदानका रूपमा लिइएको छ।