समाचार

बागमतीका १० कोशी र लुम्बिनीका दुई–दुई सडकखण्ड बन्द

Spread the love

बागमतीमा पृथ्वी राजमार्ग, कान्तिलोकपथ र बीपी राजमार्गका विभिन्न स्थानमा आवागमन रोकिएको छ। रसुवा र नुवाकोटका केही सडक तथा धादिङको फुर्केखोलास्थित कालुपाण्डे राजमार्ग भदौ १० को बाढीपछि नै अवरुद्ध छन्।काठमाडौं । बाढी, पहिरो, लेदो र सडक भासिने समस्याले तीन प्रदेशका १४ राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। गृह मन्त्रालयले असोज ९ गते बिहान १० बजेसम्म सार्वजनिक गरेको विवरणमा बागमतीका १० तथा कोशी र लुम्बिनीका दुई–दुई सडकखण्ड बन्द रहेको उल्लेख छ।

कोशीमा ओखलढुंगाको सिद्धिचरण लोकमार्ग र सुनसरीको चतरा–बराहक्षेत्र सडक बन्द छन्। लुम्बिनीमा गुल्मीको कालिगण्डकी करिडोर र रोल्पाको घोराही–थवाङ सहिदमार्ग पहिरोले अवरुद्ध भएका छन्।