समाचार

महाधिवेशन प्रतिनिधिमा दिनेश कटुवालको उम्मेदवारी युवा नेतृत्वलाई प्राथमिकता दिने प्रतिबद्धता

Spread the love

टीकाराम भन्डारि

भरतपुर चितवन
नेपाली कांग्रेस भरतपुर महानगरपालिका–१० का नेपाल तरुण दल अध्यक्ष दिनेश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारी गरेका छन्।


लामो समयदेखि कांग्रेसको संगठनसँग जोडिएर स्थानीय तहमा सक्रिय रहँदै आएका कटुवालले पार्टीको महाधिवेशनमार्फत युवा पुस्ताको सहभागिता र भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने बताएका छन्। भरतपुर–१० मा संगठन निर्माण, युवा परिचालन तथा पार्टीका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका उनी पछिल्लो समय युवा पुस्तामाझ परिचित नामका रूपमा देखिएका छन्।


कटुवालको उम्मेदवारीलाई स्थानीय कांग्रेस वृत्तमा युवा नेतृत्वको प्रतिनिधित्वसँग जोडेर हेरिएको छ।

कांग्रेसको संगठनलाई वडा तहदेखि नै थप सुदृढ बनाउँदै पार्टीभित्र युवाको सहभागिता बढाउनुपर्ने धारणा राख्दै आएका कटुवालले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टीको नीति, संगठन र आगामी कार्यदिशाबारे युवा पुस्ताको आवाजलाई प्रभावकारी रूपमा उठाउने बताएका छन्।
भरतपुर महानगरपालिका–१० कांग्रेसका लागि राजनीतिक रूपमा महत्वपूर्ण वडा मानिन्छ। यही वडाबाट पार्टी संगठनमा सक्रिय रहेका कटुवालले स्थानीय कार्यकर्ता र युवासँग निरन्तर सम्पर्कमा रहेर संगठनात्मक गतिविधिमा गर्ने बताउनु भयाे ।नेपाली कांग्रेस भरतपुर–१० का तरुण दल अध्यक्ष तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दिनेश कटुवाल मानवीय सेवा, रक्तदान तथा आपतकालीन मानवीय सहायता वितरणमा सक्रिय देखिएका छन्।

समाजमा आइपर्ने विपद् तथा समस्याका समयमा प्रभावितलाई सहयोग गर्ने कार्यमा कटुवालले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएका छन्।


रक्त अभावका बेला रक्तदान तथा रक्तदाता व्यवस्थापनमा समेत सक्रिय कटुवालले विपद्का समयमा आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्रीलगायतका राहत सहयोग उपलब्ध गराउने कार्यमा सहभागिता जनाउँदै आएका छन्। युवालाई सामाजिक सेवामा जोड्नुपर्ने धारणा राख्दै उनले राजनीति जनताको सेवा र दुःख–सुखमा साथ दिने माध्यम बन्नुपर्ने बताउँदै आएका छन्।

उनको सामाजिक सक्रियताले स्थानीय युवामाझ सकारात्मक प्रभाव परेको समर्थकहरूको भनाइ छ।