अस्ट्रेलियाली सहयोगले विपद्लाई साझा मानवीय भावनाका साथ सामना गर्न सकिने
अस्ट्रेलियाली संसद्मा सम्बोधन गर्दै अल्बानिजले बाढीपछि आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टि गरेका हुन्।गत अगस्ट २६ मा हिमपहिरोपछि आएको बाढीले सीमा क्षेत्रको दुवैतर्फ ठूलो विनाश गरेको उल्लेख गर्दै उनले त्यसबाट सबैभन्दा ठूलो क्षति नेपालले बेहोर्नुपरेको बताएका छन्।नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गहिरो दुःख व्यक्त गरेका छन्। उनले विपद्को कठिन अवस्थामा नेपालले आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्।
उनले विपद्को मानवीय पीडाबारे चर्चा गर्दै धेरै मानिसले आफ्ना प्रियजन, घर, गाउँ तथा जीवनयापनका आधार गुमाएको बताए। बेपत्ता व्यक्तिहरूको खोजी जारी रहे पनि हरेक दिन बित्दै जाँदा उनीहरू जीवित भेटिने आशा झन् कठिन बन्दै गएको उनको भनाइ थियो।अल्बानिजले बाढीमा बेपत्ता ३६ अस्ट्रेलियाली नागरिकका परिवार र साथीहरू अहिले सम्पूर्ण अस्ट्रेलियाली समुदायको ध्यानको केन्द्रमा रहेको बताएका छन्।नेपालले राष्ट्रिय शोक दिवस मनाइरहेको अवसरमा उनले सामाजिक सञ्जालबाट समेत विपद् प्रभावितहरूप्रति सहानुभूति प्रकट गरेका छन्।संसद्मा बोल्दै अल्बानिजले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद भएको र त्यस क्रममा अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना व्यक्त गरेको जानकारी दिएका छन्।
उनले नेपाली जनतालाई दुःखको यो अवस्थामा अस्ट्रेलिया उनीहरूसँगै रहेको सन्देश दिएका छन्।नेपाली, तिब्बती र भारतीय समुदायसँग समन्वयअस्ट्रेलिया सरकारले अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको पनि अल्बानिजले संसद्लाई जानकारी गराएका छन्।उनले अस्ट्रेलियाली नागरिकहरूलाई निराश नहुन तथा बेपत्ता नागरिकहरूका लागि प्रार्थना गरिरहन आग्रह गरेका छन्।विपद् राहतका लागि सञ्चालन गरिएको आपत्कालीन राहत अपिलमा अस्ट्रेलियाली जनताले देखाएको उदार सहयोगको पनि उनले प्रशंसा गरेका छन्।उनका अनुसार अस्ट्रेलियाली नागरिकको यस्तो सहयोगले ठूलो विपद्लाई पनि एकता र साझा मानवीय भावनाका साथ सामना गर्न सकिने बलियो सन्देश दिएको छ।
