उद्धार राहत संकटमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल निरन्तर परिचालन

Spread the love

सबिना प्रजा

संकटको समयमा तीनवटै सुरक्षा निकाय ‘काँधमा काँध मिलाएर’ उद्धार तथा संकट व्यवस्थापनमा खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको योगदानको प्रशंसा गरेका छन्।प्रधानमन्त्री बालेन शाहले संकट व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको सेवा, सुरक्षा तथा सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले भने, “तपाईंहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा लागिरहनुभएको छ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन।”उनको भनाइले विपद् तथा संकटका बेला अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्ने र उनीहरूको सेवा–सुविधाप्रति सरकार गम्भीर रहेको सन्देश दिएको छ।उद्धार, राहत तथा संकट व्यवस्थापनका विभिन्न अभियानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल निरन्तर परिचालित हुँदै आएका छन्।