नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी निजामती कर्मचारीले खाेज उद्धार राहत वितरण जारी
सबिना प्रजा
भारतीय टेलिभिजन एनडीटीभीसँगको अन्तर्वार्तामा ओलीले विपद्को १० दिन बितिसक्दा पनि जनताले अपेक्षा गरेअनुसार न्यूनतम कामसमेत सरकारले गर्न नसकेको दाबी गरेका हुन् । उनले सरकारी स्वयंसेवक मैदानमा नदेखिएको र हेलिकोप्टरमार्फत भइरहेको उद्धारले मात्रै पर्याप्त काम हुन नसक्ने टिप्पणी गरे ।प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरोपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।
ओलीले एमालेका तर्फबाट विभिन्न जिल्लाका प्रभावित क्षेत्रमा करिब ४०० स्वयंसेवक परिचालन गरिएको जानकारी दिएका छन् । यद्यपि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी तथा स्थानीय संयन्त्रले प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरण जारी राखेका छन् ।
