समर्थनसँगै देश राष्ट्रियता र सार्वजनिक व्यक्तिमा आलोचनाबारे बहस
हर्क साम्पाङको राष्ट्रप्रतिको भावनालाई उल्लेख गर्दै उनको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले नेपालमा बुद्धजस्ता ऐतिहासिक व्यक्तित्वको अपमान हुने अवस्था रहेको भन्दै देशप्रतिको भावना बोकेर अघि बढ्ने व्यक्तिमाथि आलोचना हुनु अस्वाभाविक नभएको बताएका छन्।श्रम संस्कृति पार्टीका महासचिव तथा प्रतिनिधिसभा सदस्य आरेन राईले हर्क साम्पाङको राष्ट्रप्रतिको प्रेम र समर्पणको प्रशंसा गरेका छन्।
राईले हर्क साम्पाङजस्तो व्यक्तिलाई गाली गरिनुलाई पनि यही सामाजिक र राजनीतिक परिवेशसँग जोडेर हेरेका छन्। उनको भनाइमा, राष्ट्रप्रेम र देशका पक्षमा आवाज उठाउने व्यक्तिले विरोध तथा आलोचना सामना गर्नुपर्ने अवस्था अझै कायम छ।उनको अभिव्यक्तिले हर्क साम्पाङप्रतिको समर्थनसँगै देश, राष्ट्रियता र सार्वजनिक व्यक्तिमाथि हुने आलोचनाबारे पनि बहसलाई अगाडि ल्याएको छ।
