जापानी मालिकले आफूमाथि विभेदपूर्ण व्यवहार गरेको भनाई

Spread the love

भारतीय ट्राभल भ्लगर अनन्त मित्तलका अनुसार, उनले सोही स्टोरको आउटलेटबाट किनेको चिसो खाना तताउन एक नेपाली कामदारले सहयोग गरेका थिए। तर, ती नेपाली कामदारले आफूलाई सहयोग गरेपछि स्टोर मालिकले उनलाई थर्काउँदै धम्की दिएको र अन्ततः जागिरबाट निकालिएको मित्तलले बताएका छन्।जापानको सेभेन–इलेभेन स्टोरमा एक नेपाली कामदारले देखाएको मानवता र त्यसपछि गुमाएको जागिरको विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ।

मित्तलले ती नेपाली कामदारको पहिचान भने सार्वजनिक गरेका छैनन्।उनका अनुसार आफू भारतीय भएको कारण स्टोरकी जापानी मालिकले आफूमाथि विभेदपूर्ण व्यवहार गरेको र प्रहरीसमेत बोलाएकी थिइन्। त्यसपछि नेपाली कामदारले आफूलाई सहयोग गरेको विषयलाई लिएर विवाद बढेको उनको भनाइ छ।

घटनापछि सामाजिक सञ्जालमा ती नेपाली कामदारको मानवताको प्रशंसा भइरहेको छ। भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत नेपाली कामदारले देखाएको सहयोगी भावना र व्यवहारको खुलेर प्रशंसा गरिरहेका छन्।भ्लगर मित्तलले पनि नेपाली कामदारप्रति आभार व्यक्त गर्दै आफ्नो कारण उनको जागिर गएकोमा दुःख व्यक्त गरेका छन्।मेरो कारण ती नेपालीको जागिर गयो। ती नेपाली निकै काइन्ड थिए,’ मित्तलले भनेका छन्।घटनाको विस्तृत विवरण र सम्बन्धित पक्षको थप धारणा भने सार्वजनिक भइसकेको छैन। सामाजिक सञ्जालमा फैलिएको विवरणअनुसार, सामान्य मानवीय सहयोगका कारण नेपाली कामदारले जागिर गुमाएको विषय अहिले व्यापक चर्चामा आएको हो।