आईभरि कोस्टका खेलाडी स्वदेश फर्किन आर्थिक समस्या भएपछि उनले सहयोगका लागि अपिल

Spread the love

अखिल नेपाल फुटबल संघ (एन्फा)माथि फिफाले प्रतिबन्ध लगाएपछि नेपालमा फुटबल गतिविधि ठप्प हुँदा आफू आर्थिक समस्यामा परेको उनले बताएका छन्। आइभरी कोस्टका एक फुटबल खेलाडी १२ वर्षदेखि नेपालमा फुटबल खेल्दै आए पनि अहिले स्वदेश फर्किन नसकेर नेपालमै अलपत्र परेका छन्।लामो समयदेखि नेपाली क्लबहरूबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी अहिले आफ्नो देश फर्किन आवश्यक रकमसमेत आफूसँग नभएको बताउँछन्।

जावलाखेल युथ क्लब लगायतका विभिन्न नेपाली टोलीबाट डिफेन्डरको भूमिकामा खेलिसकेका उनले आफू अवैध रूपमा नेपालमा बस्न नचाहेको बताएका छन्।म अवैध रूपमा नेपालमा बस्न चाहन्नँ। म आफ्नो देश फर्किन चाहन्छु,’ उनले भने।स्वदेश फर्किन आर्थिक समस्या भएपछि उनले सहयोगका लागि सबैसँग अपिल गरेका छन्। इच्छुक व्यक्तिले ९८०३१२५५५१ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्ने बताइएको छ।