आगजनी विध्वंसतर्फ नलागी संयमित ढंगले प्रदर्शन प्रशंसनीय – दीपकराज गिरि
कलाकार दीपकराज गिरीले भारतमा ठूलो आन्दोलनपछि सरकार विपक्षीको कुरा सुन्न बाध्य भएको, माग सम्बोधन भएको र अन्ततः राजीनामा समेत लिनुपर्ने अवस्था आएको उल्लेख गरेका छन्।कलाकार दीपकराज गिरीले भारतमा भएको पछिल्लो जनआन्दोलन र त्यसको परिणामको खुलेर प्रशंसा गरेका छन्। उनले छिमेकी मुलुकबाट सकारात्मक अभ्यास सिक्नुपर्ने संकेतसमेत गरेका छन्।
उनले आन्दोलनकारीले आगजनी वा विध्वंसतर्फ नलागी संयमित ढंगले प्रदर्शन गरेको भन्दै त्यसलाई प्रशंसनीय भनेका छन्।गिरीको उक्त पोस्टमा ठूलो संख्यामा प्रतिक्रिया आएका छन्। धेरैले भारत र नेपालका आन्दोलनबीच फरक रहेको टिप्पणी गर्दै भारतमा प्रहरीको गोली नचल्ने प्रसंग पनि उठाएका छन्।
