बालबालिका विरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता
बालिकाको आर्थिक कमजोरीको फाइदा उठाउन खोज्दै यौन शोषणको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त विस्तृत विवरण अनुसार, गत २०८३ साल असार ११ गते होटल सञ्चालक श्रेष्ठले सोही होटलमा काम गर्ने १७ वर्षीया किशोरीलाई फकाई फकाई एकान्त कोठामा बोलाएका थिए। कोठामा पुगेपछि उनले बालिकासँग शारीरिक सम्पर्क राख्ने प्रस्ताव राख्दै ५० हजार रुपैयाँ नगद दिने प्रलो भन देखाएका थिए।चितवन प्रहरीले आफ्नै होटलमा कार्यरत बालिकामाथि गम्भीर यौन दुर्व्यवहार गरेको आरोपमा खैरहनीका होटल व्यवसायीलाई पक्राउ गरेको छ। खैरहनी नगरपालिकामा सञ्चालित ‘होटल नमस्ते मिलिजुली खाजा घर’का सञ्चालक ३५ वर्षीय विकासकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पीडित बालिकाले उक्त अनैतिक प्रस्तावलाई तुरुन्तै अस्वीकार गरेकी थिइन्। तर, श्रेष्ठले बालिकाको इच्छाविपरीत जबरजस्ती गर्ने प्रयास गर्दै उनको शरीरका विभिन्न संवेदनशील अङ्गहरूमा जथाभाबी समातेर यौन दुर्व्यवहार गरेका थिए।ह्वाट्सएप र इन्स्टाग्राममा अश्लील सन्देश र भिडियो पठाएकाे प्रहरीका अनुसार उक्त दिनको घटनाबाट उम्किन सफल भएकी बालिकालाई होटल सञ्चालक श्रेष्ठले निरन्तर मानसिक तनाव र साइबर उत्पीडन दिँदै आएका थिए।उनले आफ्नो ह्वाट्सएप र इन्स्टाग्राम ( अकाउन्टको प्रयोग गरी बालिकाको मोबाइलमा निरन्तर अश्लील शब्दहरू लेखेर सन्देश पठाउने अश्लील भिडियोहरू पठाएर थप ब्लकमेलिङ गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
सञ्चालकको हर्कत र उत्पीडन सहन नसकेपछि पीडित बालिका र उनका परिवारले घटनाबारे इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए। उजुरी प्राप्त हुनासाथ एक्सनमा उत्रिएको प्रहरीको विशेष टोलीले खोजतलास गरी असार २७ गते होटल सञ्चालक विकासकुमार श्रेष्ठलाई होटल परिसरबाटै पक्राउ गरेको हो।पक्राउ परेका श्रेष्ठमाथि मुलुकी अप राध संहिता बमोजिम ‘बालबालिकाविरुद्धको कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत चितवनबाट म्याद थप गरेर हिरासतमा राखिएको छ। घटनाको गम्भीरतालाई हेर्दै प्राविधिक प्रमाणका लागि उनको मोबाइल र सामाजिक सञ्जालका च्याटहरू समेत संकलन गरी थप सूक्ष्म अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।
