विपद प्राकृतिक प्रकोपकाे बेला परिचालन गर्न सकिने
विधेयक संसदबाट पारित भएमा नेपाल सेनाले विद्यार्थी र इच्छुक नेपाली नागरिकलाई विशेष तालिम प्रदान गर्न सक्ने व्यवस्था हुनेछ। नेपाली नागरिकलाई स्वेच्छिक राष्ट्रिय सेवाका लागि तालिम दिने व्यवस्था सहित ‘राष्ट्रिय सेवा दल विधेयक’ अघि बढाएको छ तालिम प्राप्त स्वयंसेवकलाई विपद्, प्राकृतिक प्रकोप, आपत्कालीन अवस्था तथा अन्य राष्ट्रिय आवश्यकताका बेला परिचालन गर्न सकिने प्रस्ताव गरिएको छ।
सरकारका अनुसार राष्ट्रिय विपद् व्यवस्थापन, उद्धार, राहत, अनुशासन, नेतृत्व विकास तथा नागरिकमा राष्ट्रिय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कानुनी व्यवस्था ल्याउन लागिएको हो।ठप्रस्तावित विधेयक पारित भएपछि तालिम प्राप्त स्वयंसेवकहरूले आवश्यकताअनुसार सरकार र सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न राष्ट्रिय सेवामूलक गतिविधिमा योगदान दिन सक्नेछन्।सरकारले यो व्यवस्थाले विपद् व्यवस्थापनमा दक्ष जनशक्ति तयार पार्नुका साथै राष्ट्रिय आवश्यकताका समयमा छिटो र प्रभावकारी रूपमा स्वयंसेवक परिचालन गर्न सहज हुने अपेक्षा गरेको छ।
