तस्करी नियन्त्रणका चुनौती र सुरक्षा व्यवस्थाबारे प्रत्यक्ष जानकारी लिने कार्यक्रम तिब्र

Spread the love

सुरक्षा स्रोतका अनुसार सुनसरी र मोरङका सुरक्षा निकायले गृहमन्त्री प्रदेशमा आएको जानकारी पाए पनि उनी कहाँ पुग्ने वा कुन नाका निरीक्षण गर्ने भन्नेबारे पूर्वजानकारी थिएन। सुदन गुरुङ शुक्रबार साँझ पूर्वसूचना नै नदिई कोशी प्रदेश पुगेका छन्। सीमा क्षेत्रमा बढ्दो तस्करी र राजस्व चुहावटबारे जनस्तरबाट गुनासो बढिरहेका बेला उनले आकस्मिक रूपमा सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण थालेका हुन्। त्यसैले गृहमन्त्रीको आकस्मिक भ्रमणपछि मोरङका सुरक्षा निकाय उच्च सतर्कतामा बसेका छन्।

गृहमन्त्री गुरुङले विराटनगर आसपासका दक्षिणी सीमावर्ती नाका तथा प्रवेश बिन्दुको निरीक्षण गर्दै सीमा सुरक्षाको वास्तविक अवस्था, तस्करी नियन्त्रणका चुनौती र सुरक्षा व्यवस्थाबारे प्रत्यक्ष जानकारी लिने कार्यक्रम रहेको बताइएको छ।

यसअघि पनि उनले पर्साको सीमाक्षेत्र पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै तस्करी, सीमा सुरक्षा तथा राजस्व चुहावटका विषयमा प्रत्यक्ष जानकारी लिएका थिए।सरकारले सीमा सुरक्षा सुदृढ बनाउने, तस्करी नियन्त्रण गर्ने र राजस्व चुहावट रोक्ने अभियानलाई तीव्र बनाइरहेका बेला गृहमन्त्रीको यो आकस्मिक अनुगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।