समाचार

आज द्वितीया श्राद्ध सोह्र श्राद्धअन्तर्गत पितृ सम्झने क्रम जारी

Spread the love

आज द्वितीया श्राद्ध, सोह्र श्राद्धअन्तर्गत पितृ सम्झने क्रम जारी
काठमाडौं, १२ असोज । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक पर्व सोह्र श्राद्ध अर्थात् पितृपक्षअन्तर्गत आज द्वितीया श्राद्ध गरिँदैछ। सोह्र श्राद्धको सुरुवात हिजो असोज ११ गते कृष्ण प्रतिपदाबाट भएको हो। आज असोज १२ गते कृष्ण द्वितीया तिथिमा दिवंगत पितृको सम्झनामा श्राद्ध, तर्पण, पिण्डदान तथा सिदादान गर्ने धार्मिक परम्परा छ।
पितृपक्षमा आफ्ना दिवंगत आफन्तको तिथिअनुसार श्रद्धापूर्वक श्राद्ध गर्ने चलन छ। धार्मिक परम्पराअनुसार श्राद्धका क्रममा पितृको सम्झना गर्दै तर्पण, पिण्डदान र दान गर्ने गरिन्छ। पितृप्रति श्रद्धा, कृतज्ञता र पारिवारिक दायित्व व्यक्त गर्ने अवसरका रूपमा समेत सोह्र श्राद्धलाई लिइ यस वर्ष सोह्र श्राद्ध असोज ११ गते प्रतिपदाबाट सुरु भई असोज २४ गते औँसी तथा पितृ विसर्जनसँगै सम्पन्न हुनेछ। त्यसपछि असोज २५ गते घटस्थापनासँगै बडादसैँको नवरात्र सुरु हुनेछ।