इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले देशभर सार्वजनिक बिदा खेलाडी प्रशिक्षकप्रति आभार गर्दै

Spread the love

अन्तिम खेलमा जित अनिवार्य रहेको अवस्थामा इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै जर्मनीलाई पराजित गरेको हो जितपछि इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले देशभर सार्वजनिक बिदा घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत खेलाडी र प्रशिक्षकप्रति आभार व्यक्त गर्दै कठिन परिस्थितिबीच देशलाई खुशी दिलाएको उल्लेख गरे।

समूह चरणको अन्तिम खेलमा जित अनिवार्य रहेको अवस्थामा इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै जर्मनीलाई पराजित गरेको हो। खेलमा निल्सन एङ्गुलो र गोन्जालो प्लाटाले गोल गर्दै टोलीलाई जित दिलाए।जर्मनी समूह विजेताका रूपमा अघि बढिसकेको भए पनि इक्वेडरले तेस्रो स्थानका उत्कृष्ट टोलीमध्ये एक बन्दै नकआउटमा प्रवेश गरेको हो। आइभरी कोस्ट समूहको दोस्रो स्थानमा रह्यो।यो जित इक्वेडरको विश्वकप इतिहासकै महत्वपूर्ण उपलब्धिमध्ये एक मानिएको छ। यसअघि २००६ मा मात्र उसले समूह चरण पार गरेको थियो।