डेलिभरी युवामाथि गरिएको दुर्व्यवहार गालीगलौज कुटपिटको भिडियो सार्वजनिक गम्भीर कानुनी सामाजिक बहसकाे सिर्जना
डेलिभरी ब्वाईमाथि दुर्व्यवहार सामाजिक सञ्जालमा आक्रोश, प्रहरीद्वारा अनुसन्धान सामाजिक सञ्जालमा केही दिनयता ‘प्रैंक’ भिडियोको नाममा एक अनलाइन सामान डेलिभरी गर्ने मधेशी समुदायका युवामाथि गरिएको दुर्व्यवहार, गालीगलौज र कुटपिटको भिडियो सार्वजनिक भएपछि यसले गम्भीर कानुनी र सामाजिक बहस सिर्जना गरेको छ। भिडियो भाइरल भएसँगै आम नागरिक र सरोकारवालाहरूले कानुनी कारबाहीको माग गरेपछि नेपाल प्रहरीले यस विषयमा सूक्ष्म अनुसन्धान सुरु गरेको छ।के हो त घट ना ?
सार्वजनिक भएको भिडियोमा अनलाइन सामान डेलिभरी गर्न पुगेका एक युवालाई घर ठेगाना सोध्ने बहानामा केही व्यक्तिहरूले घेरेर गालीगलौज गरेको, ‘चोर’ भन्दै अपमान गरेको र कुटपिट समेत गरेको देखिन्छ। भिडियोमा पीडित युवा त्रसित अवस्थामा देखिएका छन्।भिडियो भाइरल भएपछि कतिपयले यो भ्युज र फलोअर्स बढाउनका लागि नियोजित रूपमा खिचिएको ‘प्रैंक भिडियो’ भएको दाबी गरेका छन् भने धेरैले यसलाई गम्भीर सामाजिक अपराध र जातीय विभेदको रूपमा चित्रण गरेका छन्।भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएपछि र चौतर्फी दबाब बढेपछि प्रहरीले उक्त भिडियोको स्रोत, भिडियो खिच्ने व्यक्तिहरू र घटनास्थलको पहिचान गर्न अनुसन्धान तीव्र पारेको छ।प्रहरी स्रोतका अनुसार, “भिडियो प्रैंक नै भए पनि कसैको व्यक्तिगत जीवन, मर्यादा र समुदाय विशेषलाई लक्षित गरेर मानसिक तथा शारीरिक चोट पुर्याउने अधिकार कसैलाई हुँदैन।
सामाजिक विभेद र ‘प्रैंक संस्कृति’ माथि प्रश्न घटनाले नेपाली डिजिटल स्पेसमा बढ्दै गएको विकृत ‘प्रैंक संस्कृति’ माथि ठुलो प्रश्नचिन्ह खडा गरेको छ। मनोरञ्जन र भ्युजका नाममा कसैको व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मानमाथि खेलबाड गर्न नपाइने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश पोखिरहेका छन्।साथै, भिडियोमा देखिएको व्यवहारले मधेशी समुदायमाथि हुने गरेको रङ्गीभेद र सामाजिक विभेदको मानसिकतालाई छताछुल्ल पारेको नागरिक समाजका अगुवाहरूको ठहर छ। घटना प्रैंक मात्रै प्रमाणित भए पनि यसले समाजमा घृणा र द्वेष फैलाउने काम गरेको भन्दै ‘साइबर अपराध’ र ‘मानव मर्यादाविरुद्धको कसुर’ अन्तर्गत कारबाही हुनुपर्ने माग उठेको छ।
उपभोक्ता र डेलिभरी राइडरहरूको सुरक्षाको सवालयो घटना बाहिरिएसँगै काठमाडौँ लगायत विभिन्न सहरमा कार्यरत हजारौँ इ-कमर्स डेलिभरी राइडरहरूको सुरक्षाको विषयमा समेत चिन्ता व्यक्त गर्न थालिएको छ। दिनरात नभनी सेवा दिने श्रमजीवीहरूमाथि कार्यक्षेत्रमा हुने यस्ता दुर्व्यवहारले उनीहरूको मनोबल गिराउने र असुरक्षा बढाउने डेलिभरी कम्पनी सम्बद्ध अधिकारीहरू बताउँछन्।यदि यो घ टना वास्तविक भएको प्रमाणित भएमा दोषीहरूमाथि कुटपिट, लुटपाट र जातीय विभेद अन्तर्गत कडा कानुनी कारबाही गरिनुपर्ने दबाब सरकार र गृह प्रशासनमाथि बढेको छ।
