भेनेजुएलामा विपद्पछि अन्तर्राष्ट्रिय समुदाय सक्रिय अमेरिकाले मानवीय सहायता उद्धार टोली तथा स्वास्थ्य सामग्री पठाउने घोषणा

Spread the love

भेनेजुएला काराकासका विभिन्न क्षेत्रमा दुई शक्त्तिशमलि भुकम्प भवनहरू ढलेपछि सरकारले राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गरेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले सेवा बन्द गरिएको जानकारी दिएकी छन्।विपद् आएको पाँच घण्टाभन्दा बढी समय बितिसक्दा पनि हताहतको आधिकारिक विवरण सार्वजनिक हुन सकेको छैन। राष्ट्रका नाममा सम्बोधन गर्दै रोड्रिगेजले मृतक वा घाइतेको संख्या खुलाएकी छैनन् भने सरकारी सञ्चारमाध्यमहरूले पनि सीमित विवरण मात्रै प्रसारण गरेका छन्।

यसबीच अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले प्रारम्भिक मूल्याङ्कनका आधारमा मृतक संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने चेतावनी दिएको छ। यूएसजीएसले प्रयोग गर्ने ‘पेजर’ नामक विश्लेषण प्रणालीले भूकम्पको तीव्रता, केन्द्रबिन्दु, जनघनत्व, संरचनाको अवस्था तथा विगतका तथ्यांकको अध्ययन गरी सम्भावित क्षतिको अनुमान तयार गर्छ।क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका भूभौतिकशास्त्री वाशान राइटका अनुसार यस्तो प्रणालीबाट प्राप्त प्रारम्भिक अनुमान धेरै अवस्थामा वास्तविक क्षतिसँग नजिक हुने गर्छ।भूकम्पका धक्का छिमेकी ब्राजिलका केही क्षेत्र र कोलम्बियाका बोगोटा, बुकारामांगा लगायतका सहरमा समेत महसुस गरिएको छ। ब्राजिल सरकारले आफ्ना नागरिक सुरक्षित रहेको जनाएको छ।

गृहमन्त्री डियोस्दादो काबेलोले धेरै संरचना भत्किएको पुष्टि गरे पनि समग्र क्षतिको विवरण संकलन भइरहेको बताएका छन्। पराकम्पको जोखिम कायम रहेकाले नागरिकलाई भवनभित्र नफर्किन र खुला क्षेत्रमा बस्न आग्रह गरिएको छ।चाकाओ नगरपालिकाका मेयर गुस्ताभो डुकेका अनुसार हालसम्म १८ जनाको उद्धार गरिएको छ भने कम्तीमा चार भवन पूर्ण रूपमा भत्किएका छन्। ५०० भन्दा बढी उद्धारकर्मी भग्नावशेषमा सम्भावित जीवित व्यक्तिको खोजीमा जुटेका छन्।विपद्पछि अन्तर्राष्ट्रिय समुदाय पनि सक्रिय भएको छ। इक्वेडर, पनामा र अमेरिकाले मानवीय सहायता, उद्धार टोली तथा स्वास्थ्य सामग्री पठाउने घोषणा गरेका छन्।