प्रधानमन्त्री बालेन्द्र शाह लाई सर्वसम्मत रूपमा वरिष्ठ नेता राख्ने योजना
बैठकले विधान संशोधन प्रस्तावमार्फत ‘वरिष्ठ नेता’ पद थप गर्ने तयारी गरेको छ, जसमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत रूपमा वरिष्ठ नेताका रूपमा राख्ने योजना रहेको स्रोतले जनाएको छ ।
बैठकमा पार्टीको केन्द्रीय संरचना विस्तार गर्ने निर्णय पनि गरिएको छ । केन्द्रीय समिति, सचिवालय तथा पदाधिकारी संख्या वृद्धि गर्ने प्रस्ताव अघि सारिएको छ ।पार्टीका अनुसार सचिवालय सदस्य संख्या २५ बाट ३३ पुर्याइनेछ भने केन्द्रीय सदस्य संख्या ५१ र पदाधिकारी संख्या १९ पुर्याउने तयारी छ ।
