मानवअधिकार तथा शान्ति समाज द्वारा पुस्तक हस्तान्तरण
मानव अधिकार तथा शान्ति समाजको ३० औ स्थापना दिवसको अवसरमा गरिदै आएका विभिन्न सप्ताहव्यापी कार्यक्रम भरतपुर महानगर पालिकाको वडा नम्बर २ अन्तर्गत रहेको रामेस्वर पुस्तकालय तथा वाचनालयमा मानव अधिकारसङ्ग सम्बन्धित पुस्तकहरू मानव अधिकार तथा शान्ति समाजले हस्तान्तरण गर्यो । सो अवसरमा शाखा सभापति पूर्ण चन्द्र चापागाइ, सचिव जयन्ति प्रसाद उपाध्याय, कार्यसमिति सदस्यहरू लक्ष्मी सुबेदी, सुमी गौतम र केन्द्रीय सदस्य शम्भु राउतको उपस्थिति रहेको थियो ।
