महानगर सभापतिमा सीता ज्ञवाली निर्वाचित ७९ अन्तरले पराजित गर्दै ज्ञवाली दोस्रो कार्यकालका लागि नेतृत्वमा

Spread the love

सबिना प्रजा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको भरतपुर महानगर समितिको सभापतिमा सीता ज्ञवाली पुनः निर्वाचित भएकी छन्।सभापति पदका प्रत्यासी सुभाष गैरेलाई ७९ मत अन्तरले पराजित गर्दै ज्ञवाली दोस्रो कार्यकालका लागि नेतृत्वमा दोहोरिएकी हुन्। निर्वाचन परिणामअनुसार ज्ञवालीले ३३५ मत प्राप्त गर्दा गैरेले २५६ मत पाए।ज्ञवाली रास्वपा स्थापनाकालदेखि नै भरतपुर महानगर सभापतिको जिम्मेवारीमा रहेकी थिइन्। यसपटक उनलाई सर्वसम्मत रूपमा चयन गर्ने प्रयास भए पनि गैरेले उम्मेदवारी दिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। अन्ततः प्रतिनिधिहरूले पुनः ज्ञवालीमाथि नै विश्वास व्यक्त गरेका हुन्।

उपसभापतिमा दिवाकर श्रेष्ठ ३६६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी इन्दिरा बरालले २०९ मत प्राप्त गरिन्।त्यस्तै सहसचिव पदमा शिवराज सुवेदी ४२६ मतसहित निर्वाचित हुँदा बोधननाथ सुवेदीले १३० मत पाए।सदस्य पदमा सुनिता तिवारी, इन्दिरा अर्याल, गीता रायमाझी, उषा शर्मा, शान्तिमाया थापा क्षेत्री, एन्जिला अधिकारी, सिता कुमारी पौडेल, सन्त कुमारी चापागाईं र संगिता बराली निर्वाचित भएका छन्।यसैगरी अनिल जिसी, नन्दप्रसाद भट्ट, दयाराम सुवेदी, नरसिंह भण्डारी, यामलाल उपाध्याय, सुमन सुवेदी र भरत घिमिरे पनि सदस्यमा चयन भएका छन्।महाधिवेशन प्रतिनिधिमा ध्रुव केसी, निर्देश श्रेष्ठ र डिल्लीराज भण्डारी निर्वाचित भएका छन्।