मुख्यमन्त्री विजयले सहकारी बैंकमार्फत लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा
भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले सहकारी बैंकबाट बाली ऋण लिएका सीमान्त किसानका लागि ठूलो राहत घोषणा गरेका छन्।
मुख्यमन्त्री विजयले सहकारी बैंकमार्फत लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गरिने घोषणा सोमबार गरेका हुन्। साथै, ठूला किसानलाई पनि ५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने बताइएको छ।मुख्यमन्त्री विजयले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) ह्यान्डलमार्फत निर्णय सार्वजनिक गरेका हुन्। सचिवालयमा बसेको उच्चस्तरीय समीक्षा बैठकपछि उक्त घोषणा गरिएको बताइएको छ।
बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी. गान्धीराज, वित्त मन्त्री एन. मेरी विल्सनसहित वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।तमिलनाडु सरकारका अनुसार यो निर्णयबाट झन्डै १४ लाख २२ हजार किसान प्रत्यक्ष लाभान्वित हुनेछन्। सरकारले यस योजनाका लागि थप २,०४४.४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ।कृषि क्षेत्रमा बढ्दो आर्थिक दबाबबीच आएको यो निर्णयलाई तमिलनाडु सरकारको किसानमैत्री कदमका रूपमा हेरिएको छ।
