सांसद अमरेश सिंहले भनाई अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदमाथि अनुभव र विषयगत ज्ञानको अभाव नरहेको हाे त?

Spread the love

काठमाडौँ । सांसद अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश सांसदमाथि अनुभव र विषयगत ज्ञानको अभाव रहेको आरोप लगाएका छन्।

उनले रास्वपाका ‘९० प्रतिशत सांसदलाई केही थाहा नभएको’ टिप्पणी गर्दै जिल्ला–जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी) लाई धम्क्याउने काम मात्र भइरहेको आरोप लगाए।

सिंहले प्रशासनिक निकायमाथि अनावश्यक दबाब सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।