प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणसँग जोडेर हेर्न नहुने
सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री सुस्मित खरेलले सभापति रबि लामिछाने आफ्नै ढंगले भारत भ्रमणमा जान लागेको बताएका हुन्।उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणसँग यस विषयलाई जोडेर हेर्न नहुने बताए। “प्रधानमन्त्री भारत मात्र नजानुभएको होइन, अहिले विदेश कतै पनि गइराख्नुभएको छैन,” मन्त्री पोखरेलले भने, “हाम्रो पहिलो १०० दिनको कार्यव्यस्तता एकदमै धेरै छ। सुरुमा काममै बढी फोकस छौँ। त्यसैले सभापति आफ्नै ढंगले जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीको त्यससँग केही पनि सम्बन्ध छैन।”
पछिल्लो समय रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारीमा रहेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी नयाँ दिल्ली जान सक्ने चर्चा भए पनि यसबारे औपचारिक घोषणा भने अझै भएको छैन।रास्वपाका नेताहरूले पनि भ्रमणको अन्तिम मिति र कार्यक्रम तय हुन बाँकी रहेको बताएका छन्। लामिछानेको सम्भावित भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध र समसामयिक राजनीतिक सन्दर्भसँग जोडेर चासोका साथ हेरिएको छ।
