इबोला भाइरस तीव्र रूपमा फैलिन थालेपछि विश्वभर सतर्कता
सबिना प्रजा
विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको यो भाइरस अत्यन्त घातक मानिन्छ। यद्यपि कोभिड–१९ जस्तो हावाबाट नसर्ने भए पनि संक्रमित व्यक्तिको शरीरका तरल पदार्थमार्फत छिट्टै फैलिन सक्ने भएकाले जोखिम उच्च मानिएको छ।संक्रामक रोग विशेषज्ञहरूका अनुसार नेपाल तत्काल उच्च जोखिममा नभए पनि अन्तर्राष्ट्रिय यात्रा, शान्ति मिसन र विदेशी आवतजावतका कारण पूर्ण रूपमा सुरक्षित भने मान्न सकिँदैन।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बुन्डीबुग्यो इबोला भाइरसको मृत्युदर करिब ४० प्रतिशतसम्म पुग्ने गरेको छ। सुरुमा सामान्य ज्वरो, शरीर दुख्ने, कमजोरी र थकान जस्ता लक्षण देखिने भए पनि पछि रक्तस्रावसम्बन्धी गम्भीर समस्या देखिन सक्छ।विशेषज्ञहरूले नेपालमा सरसफाइ, निगरानी र स्वास्थ्य पूर्वतयारी अझै कमजोर रहेको बताएका छन्। मंकीपक्स अफ्रिकाबाट नेपालसम्म पुगेको उदाहरण दिँदै उनीहरूले इबोलालाई पनि हल्का रूपमा लिन नहुने चेतावनी दिएका छन्।अफ्रिकी मुलुक कंगोमा बुन्डीबुग्यो इबोला भाइरस तीव्र रूपमा फैलिन थालेपछि विश्वभर सतर्कता बढेको छ। छिमेकी युगान्डासम्म संक्रमण फैलिसकेको अवस्थामा नेपालमा पनि संभावित जोखिमलाई लिएर स्वास्थ्य तयारीमाथि प्रश्न उठ्न थालेको छ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको यो भाइरस अत्यन्त घातक मानिन्छ। यद्यपि कोभिड–१९ जस्तो हावाबाट नसर्ने भए पनि संक्रमित व्यक्तिको शरीरका तरल पदार्थमार्फत छिट्टै फैलिन सक्ने भएकाले जोखिम उच्च मानिएको छ।संक्रामक रोग विशेषज्ञहरूका अनुसार नेपाल तत्काल उच्च जोखिममा नभए पनि अन्तर्राष्ट्रिय यात्रा, शान्ति मिसन र विदेशी आवतजावतका कारण पूर्ण रूपमा सुरक्षित भने मान्न सकिँदैनसंक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बुन्डीबुग्यो इबोला भाइरसको मृत्युदर करिब ४० प्रतिशतसम्म पुग्ने गरेको छ। सुरुमा सामान्य ज्वरो, शरीर दुख्ने, कमजोरी र थकान जस्ता लक्षण देखिने भए पनि पछि रक्तस्रावसम्बन्धी गम्भीर समस्या देखिन सक्छ।विशेषज्ञहरूले नेपालमा सरसफाइ, निगरानी र स्वास्थ्य पूर्वतयारी अझै कमजोर रहेको बताएका छन्। मंकीपक्स अफ्रिकाबाट नेपालसम्म पुगेको उदाहरण दिँदै उनीहरूले इबोलालाई पनि हल्का रूपमा लिन नहुने चेतावनी दिएका छन्।
