६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Spread the love

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २:५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं उपत्यका, काभ्रे, दोलखा, रामेछाप, भक्तपुर, ललितपुरसहित देशका विभिन्न स्थानमा महसुस गरिएको थियो। अकस्मात भूकम्पको कडा धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएर घर बाहिर निस्किएका थिए।

हालसम्म भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन। यद्यपि, भूकम्पबाट केही संरचनामा क्षति पुगेको आशंका गरिएको छ। सुरक्षा निकायले क्षतिको विवरण संकलनको कार्य अघि बढाएको छ।

यसअघि गत पुष ५ गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेका छन्, जसले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना गरकाे थियाे ।