प्रधानमन्त्री बालेन शाहले संसदमा उठ्ने प्रश्नहरूकाे जवाफ दिने

Spread the love

सबिना प्रजा

प्रधानमन्त्री बालेन शाह नयाँ संघीय संसद भवनमा विशेष सम्बोधनका लागि उपस्थित हुने भएका छन्। प्रधानमन्त्री शाह हाल संसदमा उठ्न सक्ने प्रश्नहरूको जवाफ दिन आवश्यक विषयहरूमा अध्ययनमा व्यस्त रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। साथै उनले सबै दलका सांसदहरूले गरेका गतिविधिहरूलाई आफ्नो कार्यालयबाट नजिकबाट नियालिरहेका छन्।