भारत र चीनसँगको नेपालको विदेशनीति केपी ओली सरकार भन्दा पनि खल्बलिएको दाबी -डा.अमरेश कुमार सिंह
सबिना प्रजा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश कुमार सिंहले भारत र चीनसँगको नेपालको विदेशनीति सम्बन्ध “केपी ओली सरकारभन्दा पनि खल्बलिएको दाबी गरेका छन्।
सांसद सिंहले यस्तो टिप्पणी गर्दै “राजनीति सक्न हरेक सत्ताले मधेशीलाई उद्योगमन्त्री बनाउँछ, अहिले पनि त्यही किसिमको खेल चलिरहेको छ” भन्ने भावना ब्यक्त गरे। उनले अहिलेको व्यवस्थापन‑व्यवस्थामा उठेका प्रश्न र राजनीतिक टिप्पणीसँगै “काठमाडौं महानगरको टिमले देश चलाइरहेको छ” भन्ने वाक्य पनि सार्वजनिक भइरहेको बताउँछन्।
