प्रि–बजेट छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल अर्थमन्त्री डा स्वर्णिम वाग्ले अनुपस्थित प्रति अमरेशकुमार सिह असन्तुष्ट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग असन्तुष्ट देखिएका छन् । संसदमा प्रि–बजेट छलफल जारी रहँदा अर्थमन्त्री उपस्थित छैनन् । सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित हुँदा बजेट अर्थमन्त्रीले बनाउने हो भन्दै व्यङ्ग्य पनि गरे ।
उनले २० वर्षमा पहिलोपटक अर्थमन्त्री नभएर पनि प्रि–बजेट छलफल भएको पहिलोपटक देखेको बताए । ‘बजेट अर्थमन्त्रीले बनाउने सिस्टम छ । परम्परा भत्काउँदै गयो भने संसदको औचित्य समाप्त हुन्छ । देशले संसदीय प्रणाली अवलम्बन गरेको छ,’ उनले भने, ‘२० वर्षको कार्यकालमा अर्थमन्त्री नभए पनि पहिलोपटक देख्दै छु अर्थमन्त्रीबिना प्रि–बजेट छलफल भइरहेको छ । यो कस्तो परम्पारको सुरुवात हुँदै छ ? नयाँको नाममा सबै चिज भत्काउने होइन ।’
संसदीय व्यवस्था अवलम्बन गरेको देशमा संसदीय प्रणाली मान्नुपर्ने सिंहको भनाइ थियो । प्रणाली भत्काउने भए सबै चिज भत्काउने प्रस्ताव उनको छ । ‘सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री पद पनि भत्काऔँ, मन्त्री पद पनि भत्काऔँ । सबै चिजहरू चेन्ज गरौँ । सबै चिज औचित्यपूर्ण हुनुपर्छ । जति व्यस्त भए पनि एक दिन दुई दिन छलफल चल्छ,’ उनले भने ।बजेट टिमले बनाउने र अर्थमन्त्रीले ‘पोलिटिकल गाइड’ गर्ने भएकाले मन्त्री नभए पनि रेकर्डमा रहोस् भनेर विषयमा जान चाहन्छु भनेर विषय प्रवेश गरे ।
