Wednesday, May 20, 2026

वास्तविक दोषीलाई उन्मुक्ति दिन नहुने अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूमाथि कडा छानबिन हुनुपर्ने-सुधन गुरूङ्ग

Spread the love

पूर्वमन्त्री सुधन गुरुङले सत्ताको आडमा देशलाई बर्बाद बनाउने र अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूमाथि कडा छानबिन हुनुपर्ने बताएका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्षौँदेखि राज्यसत्तामा बसेर सम्पत्ति जोड्नेहरूको आयस्रोत सार्वजनिक गर्नुपर्ने माग गरे।गुरुङले सर्वसाधारण नागरिकभन्दा पनि देशलाई खोक्रो बनाउने शक्तिहरूमाथि प्रश्न उठाउन आवश्यक रहेको बताए।

“पहिले जति जना बसेर यो देश लुटे, देशलाई बर्बाद बनाए र सखाप पारे, उनीहरूलाई सोध्ने हो। उनीहरूको सम्पत्ति कहाँबाट आयो भनेर छानबिन हुनुपर्छ,” उनले भने।आफूमाथि उठिरहेका प्रश्नको जवाफ दिँदै उनले आफू सानैदेखि दुःख गरेर, पसिना बगाएर यहाँसम्म पुगेको दाबी गरे। उनले आफूविरुद्ध टिप्पणी गर्नेहरूमाथि पनि आक्रोश व्यक्त गर्दै उनीहरू त्यही प्रणालीबाट लाभ लिइरहेको आरोप लगाए।

मुलुकको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै गुरुङले वास्तविक दोषीलाई उन्मुक्ति दिन नहुने धारणा राखे। उनले आफ्नो सम्पत्ति र आर्जन पारदर्शी रहेको दाबी गर्दै देश सेवामा नडराई अघि बढ्ने बताए।