सरकारलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह जनताको आवाज र संसदको भूमिकालाई बेवास्ता नगर्न सरकारलाई सुझाव
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारभित्रको एउटा भवनको सानो हिस्सा आफूहरूले श्रमदानमार्फत पुनर्निर्माण गर्न तयार रहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग त्यसका लागि अनुमति दिन आग्रह गरे। उनले सिंहदरबारभित्र जलेका संरचनामध्ये कुनै एउटा भवनको सानो भाग आफ्नो पार्टीलाई बनाउन जिम्मा दिन प्रस्ताव गरेका हुन्।संसदमा बोल्दै साम्पाङले भने, “जेनजी आन्दोलनमा जलेको सिंहदरबारभित्रका भवनमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस्। हामी श्रमदान गरेर बनाउने छौँ।”उनले श्रम र जनसहभागितामार्फत सार्वजनिक संरचना निर्माण गर्न सकिने सन्देश दिन खोजिएको बताए।
त्यस्तै, साम्पाङले सरकारलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह पनि गरे। उनले जनताको आवाज र संसदको भूमिकालाई बेवास्ता नगर्न सरकारलाई चेतावनीपूर्ण शैलीमा सुझाव दिएका थिए।
