नेपाली कम्युनिष्ट पार्टीश्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले बैठक बहिष्कार

Spread the love

प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) ले पनि बहिष्कार गरेको छ। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन सुरु गरेलगत्तै एमाले सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।

यसअघि नै नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठक बहिष्कार गरिसकेका थिए।

हाल संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू मात्र उपस्थित रहेका छन्। उनीहरू आ–आफ्नो स्थानमा उभिएर विरोध जनाइरहेका छन्।

विपक्षी दलहरूको निरन्तर अवरोध र बहिष्कारका बीच पनि संसद् कार्यवाही अघि बढाइएको छ।