अध्यादेश कुनै स्वार्थ समूह वा व्यक्तिको हितका लागि नभई पूर्ण रूपमा नागरिक हित र राज्य सुधारका लागि- असीम साह
सबिना प्रजा
प्रधानमन्त्रि बालेन शाहका राजनीतिक सल्लाहकार असीम साह ले सरकारले ल्याएका अध्यादेशलाई लिएर उठेको आलोचनाको कडा जवाफ दिएका छन्।उनका अनुसार सरकारका सबै अध्यादेश कुनै स्वार्थ समूह वा व्यक्तिको हितका लागि नभई पूर्ण रूपमा नागरिक हित र राज्य सुधारका लागि ल्याइएको हो।
साहले फेसबुकमार्फत स्पष्ट गर्दै भनेका छन् कि प्रशासनिक जटिलता र सेवा प्रवाहमा ढिलाइ हटाउन अध्यादेश आवश्यक परेको हो। उनका अनुसार यही उद्देश्यले नै मन्त्रिपरिषद्ले ६ वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको हो।सरकारले ल्याएका अध्यादेशहरूमा निजामती ट्रेड युनियन हटाउने, राजनीतिक नियुक्तिहरू पुनःसंरचना गर्ने, विश्वविद्यालय र संवैधानिक निकायहरूमा परिवर्तन गर्ने जस्ता महत्वपूर्ण प्रावधानहरू समेटिएका छन्।
सल्लाहकार साहले दाबी गरेका छन् कि डेडलक अन्त्य गरी नतिजामुखी शासन व्यवस्था ल्याउन अध्यादेश “आवश्यक कदम” भएको हो, जसले देशको समृद्धि यात्रालाई गति दिनेछ।
