नेपाली काग्रेसकाे जरा अभियान भरतपुर२९ बाट सुरू
सबिना प्रजा
नेपाली काग्रेस केन्द्रीय कार्यालयकाे अभियान अन्तरगत चितवनमा जिल्लामा संन्चालन हुन गईरहेकाे जरा अभियान भरतपुरमहानगरपालिका २९ जुगेडिमा कार्यक्रमकाे ११ बजे शुभरम्भ गर्नुभयाे ।

कार्यक्रममा नेपाली काग्रेस चितवनबाट पाटि प्रतिनित्त्व रूपमा खटिनु भएका नेपाली काग्रेस चितवनका नेता निर्मलराज पाैडेलकाे प्रमुख अतिथ्यमा कार्यक्रम शुभारम्भ भएकाे हाे ।

क्रियासिल अध्यावधिक देखि पाटि तल्लाे तह सम्म जनभावना बुझ्ने लगायत सामाजिक अभियान्ता हरूलाई समेट्ने रहेकाे बताउदै पाटि साथिहरूलाई विकासकाे अभयानमा जाेड्ने जनभावना अनुसार लैजाने याे अभियानकाे प्रमुख उदेस्य रहेकाे अभियानका प्रमुख प्रमुख अतिथ निर्मल राज पाैडेलले बताउनु भयाे ।

साे कार्यक्रमा वडा सभापति नीर बहादुर गुरूङ्ग सभापतित्त्वमा वडा अध्यक्ष क्याप्टेन सुर्य बहादुर गुरूङ्ग लगायत पाटि नेता एबं समाजसेवि व्यक्तित्त्व उपस्थित थियाे ।

