देशलाई थप राजनीतिक अस्थिरता संकटबाट जोगाउन आवास्यक-पुष्पकमल दाहाल प्रचण्ड
पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तनावका कारण नारायणहिटी दरबार तयारी अवस्थामा राखिएको जानकारी आफूले पछि प्राप्त गरेको बताए। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देश अर्को ठूलो राजनीतिक संकटतर्फ नजाओस् भन्ने चिन्ताले राजनीतिक नेतृत्वले विभिन्न विकल्पबारे छलफल गरेको उनको भनाइ थियो।
प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकार गठनको प्रस्ताव गर्दै पत्र लेखेको दाबी पनि गरे। उनले आफ्नो पार्टी संसद विघटनको पक्षमा नरहेको र नयाँ प्रधानमन्त्री संसदबाटै अनुमोदन हुनुपर्ने अडानमा रहेको बताए।यद्यपि, देशलाई थप राजनीतिक अस्थिरता र सम्भावित संकटबाट जोगाउने उद्देश्यले त्यसबेलाको परिस्थितिअनुसार निर्णय स्वीकार गरिएको उनको भनाइ थियो।प्रचण्डका यी अभिव्यक्तिले तत्कालीन राजनीतिक घटनाक्रम र सत्ता परिवर्तनबारे नयाँ बहस सिर्जना गरेको छ।
