कम्युनिस्ट एकता सम्भव नरहेको अभिव्यक्ति दिएकाले तत्काल एकता नहुने – माधव नेपाल

Spread the love

पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव नेपालले अध्यक्ष केपि शर्मा ओली ले नै कम्युनिस्ट एकता सम्भव नरहेको अभिव्यक्ति दिएकाले तत्काल एकता हुने अवस्था नरहेको उनले कार्यकर्ताहरूलाई कम्युनिस्ट एकताबारे भ्रममा नपरी पहिले आफ्नै पार्टी र संगठनलाई सुदृढ बनाउन निर्देशन दिए। पार्टी बलियो भएपछि मात्रै अन्य दलको ध्यान आकर्षित हुने र एकताको सम्भावना पनि बढ्ने उनको भनाइ थियो।

नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र परामर्शको संस्कृति बलियो बनाउनुपर्नेमा जोड दिँदै समितिहरू गठन गर्दा कार्यकर्ताको रुचि, क्षमता र चाहनालाई प्राथमिकता दिनुपर्ने बताए।उनले संगठनलाई आवश्यकभन्दा ठूलो बनाउनुको सट्टा चुस्त, प्रभावकारी र सक्रिय बनाउनुपर्ने सुझाव पनि दिए। साथै, मार्क्सवादी–लेनिनवादी विचारप्रति प्रतिबद्ध रहँदै केन्द्रदेखि जिल्ला तहसम्म नियमित वैचारिक प्रशिक्षण सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।जनताका दैनिक समस्या र आवश्यकतासँग पार्टीलाई जोडेर अघि बढ्न सके मात्रै संगठन थप प्रभावकारी बन्ने उनको भनाइ थियो।