बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेन लुम्बिनी जाने पूजा मात्र गर्ने

Spread the love

२५७० औं बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार लुम्बिनी जाने भएका छन्। लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री शाहले यसपटक कार्यक्रमलाई सम्बोधन भने गर्ने छैनन्, केवल धार्मिक पूजा कार्यक्रममा मात्र सहभागी हुनेछन्।विगतका वर्षहरूमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले बुद्ध जयन्तीमा सहभागी भई औपचारिक सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो। तर यसपटकको कार्यक्रम तालिकामा प्रधानमन्त्रीको भाषण समावेश नगरिएको कोषले जनाएको छ।

सूचना अधिकृत राजन बस्नेतका अनुसार प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको उपस्थिति रहने भए पनि सम्बोधन कार्यक्रम हटाइएको हो। उनका अनुसार कार्यक्रम बिहान ५ बजे सुरु भई ६ बजेभित्र सम्पन्न हुनेछ।लुम्बिनी विकास कोषको विधानअनुसार प्रधानमन्त्री संरक्षक रहने व्यवस्था छ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष खड्कराज पौडेल (गनेश) र रूपन्देही–५ का सांसद तौफिक अहमद खान पनि सहभागी हुने छन्।यसपटकको बुद्ध जयन्ती समारोह औपचारिक भाषणभन्दा बढी धार्मिक अनुष्ठान र पूजा केन्द्रित हुने देखिएको छ।